काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।
धादिङको जवाङ खोलानजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको हो ।
गएराति गएको पहिरो पन्छाएर सडक सुचारु गरे पनि पुनः पहिरो जाँदा दुईतर्फी सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले बताएको छ ।
दुईतर्फी सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन् ।