Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

झलनाथ खनालकी पत्नी रविलक्ष्मीको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुँदै

झलनाथ खनालकी पत्नी रविलक्ष्मीको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुँदै

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा घरसँगै जल्दा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको भारतमा उपचार सुरु भएको छ ।

नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना गरेर उनको उपचार सुरु भएको पारिवारिक श्रोतले जनाएको छ ।

चित्रकारलाई सोमबार राति एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो । पत्नीको उपचारको लागि नेता खनाल आफैँ भारत गएका छन्।

चित्रकारलाई सोमबार राति नै एपोलो अस्पतालमा भर्ना गरी उपचार सुरु भएको खनाल निकट स्रोतले जनाएको छ । भदौ २४ गते जेनजी आन्दोलनकारीले घरमा आगो लगाउँदा उनी घरसँगै जलेर गम्भीर घाइते भएकी थिइन्।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा चित्रकारको देब्रेहात काटिएको थियो। बर्न अस्पतालको आईसीयूमा लामो सयम राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा केही सुधार भएको थियो।

तर, उपचारकै क्रममा फेरि निमोनियाको संक्रमण फैलिन थालेको थियो। ७० वर्षकी चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077