Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

१० घण्टा अवरुद्ध नागढुंगा-मुग्लिन सडक सञ्चालनमा

१० घण्टा अवरुद्ध नागढुंगा-मुग्लिन सडक सञ्चालनमा

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोलामा खसेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ ।

गएराति पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो। तर राति नै फेरि ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको थियो

पहिरो पन्छाउन तीनवटा मेसिन प्रयोग गरिए पनि पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउन समस्या भएको थियो ।
जसकारण यात्रुहरू मारमा परेका थिए ।

झन्डै १० घण्टा समय लगाएर पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय धादिङले जवाङखोलाको पहिरो पन्छाउन समय लाग्ने भन्दै बैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न यात्रुहरुलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077