Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुन्धारा कारागारबाट भागेका सानु भण्डारी र केशव दुलाल पक्राउ

सुन्धारा कारागारबाट भागेका सानु भण्डारी र केशव दुलाल पक्राउ

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । सुन्धारा कारागारबाट फरार भएका कैदीहरू केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार अपराह्न उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ललितपुरको धापाखेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

दुलाल र भण्डारी दुवैजना नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थिए । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते उनीहरू कारागारबाट फरार भएका थिए ।

पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि पुनः कारागारमा पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077