Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

बुधवार , आश्विन ८, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष प्रचण्डले पेस गरेको केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुनेछ ।

साथै बिहीबार बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा पनि बैठकले तय गर्ने बताइएको छ ।

यसअघि असोज ५ गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077