Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

तिहारअघि महानगरका सबै कक्षा ‘स्मार्ट’ बन्ने बालेनको घोषणा

तिहारअघि महानगरका सबै कक्षा ‘स्मार्ट’ बन्ने बालेनको घोषणा

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका कक्षाकोठालाई तिहारअघि नै स्मार्ट कक्षाकोठामा परिणत गर्ने घोषणा गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले यस्तो घोषणा गरेका हुन् । उनले दुई वर्षदेखि रोकिएको यो महत्वाकांक्षी योजना सम्पन्न हुने चरणमा पुगेको र यसबाट ५३ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने बताए ।

‘डिजिटल शिक्षा आजको आवश्यकता हो,’ उनले भनेका छन्, ‘विविध कारणले पछिल्ला २ वर्षदेखि रोकिएको स्मार्ट कक्षाकोठा निर्माणको कार्य अन्ततः सम्पन्न हुने चरणमा पुगेको छ।’

प्रमुख शाहका अनुसार हालसम्म पहिले रहेका १७७ र नयाँ जडान गरिएका ३१३ गरी कुल ४९० वटा स्मार्ट बोर्ड सञ्चालनमा आइसकेका छन्। थप ५७० वटा बोर्ड खरिदका लागि सम्बन्धित विद्यालयहरूमा बजेट निकासा भइसकेको उनले जानकारी दिए।

यससँगै महानगरका ८७ वटा सामुदायिक विद्यालयका लागि आवश्यक १,०६० वटै स्मार्ट बोर्ड तिहारअघि जडान सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077