Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अनलाइनको दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने सरकारको निर्णय

अनलाइनको दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने सरकारको निर्णय

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणको काम जिल्ला प्रशासन कार्यालयबाट नभई पूर्ववत् सूचना तथा प्रसारण विभागबाटै गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकको यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ बमोजिम अनलाइन दर्ताको प्रयोजनका लागि विभागका महानिर्देशकलाई नै ‘स्थानीय अधिकारी’ तोकिएको जानकारी दिए ।

यसअघि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रियालाई ७७ वटै जिल्ला प्रशासन कार्यालयमा लैजानेबारे चर्चा चलेको थियो । जसप्रति सञ्चार क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077