Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गृह मन्त्रालयले भन्यो - चोरी भएका प्रहरीका हातहतियार फिर्ता गर्नू, सम्मान गर्छौँ

गृह मन्त्रालयले भन्यो - चोरी भएका प्रहरीका हातहतियार फिर्ता गर्नू, सम्मान गर्छौँ

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनमा प्रहरीबाट चोरी भएका हातहतियार फिर्ता गर्न आह्वान गरेको छ ।

मन्त्रालयले बिहीबार सूचना प्रकाशन गरी हतियार फिर्ता गर्न सर्वसाधरणलाई आग्रह गरेको हो ।

असोज मसान्तभित्र हतियार बुझाए कानुनी कारबाही नहुने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । आन्दोलनका क्रममा प्रहरीका एक हजारभन्दा धेरै हतियार लुटिएको थियो ।

अहिले काठमाडौंबाट लुटिएका प्रहरीका हतियार विभिन्न जिल्लाबाट बरामद भइरहेका छन् । बुधबार मात्रै कैलालीबाट दुईवटा पेस्तोलसहित चारजना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077