Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अपरेटरहरूले जोखिम मोलेर तुइनखोलाको पहिरो पन्छाए : सडक डिभिजन भरतपुर

अपरेटरहरूले जोखिम मोलेर तुइनखोलाको पहिरो पन्छाए : सडक डिभिजन भरतपुर

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । सडक डिभिजन भरतपुरले अपरेटरहरूले ठुलो जोखिम मोलेर तुइनखोलाको पहिरो पन्छाएको बताएको छ ।

उक्त सडक खण्डमा यतिबेला सवारी आवागमन निर्वाध रूपमा दुईतर्फी सञ्चालनमा रहेको इन्जिनियर सुजन थापाले जानकारी दिए ।

सडक डिभिजन भरतपुरले निरन्तर ढुंगा खसिरहँदा समेत खतरा मोलेर डोजर र लोडर अपरेटरहरूले सफा गरेका कारण पहिरो पन्छाउन सहज भएको जनाएको छ । त्यसक्रममा एक जना अपरेटर घाइते समेत भएका छन् ।

समाजिक सञ्जालमार्फत कार्यालयले भनेको छ- 'मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोलामा अघिल्लो शुक्रवार देखि पटक पटक खसेको पहिरोको कारण करिब १०५ घण्टा यातायात अवरुद्ध हुन पुग्यो र निरन्तरको प्रयास पश्चात् हिजो राती १०ः३५ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। यस क्रममा सर्वप्रथम निरन्तर डुङ्गाहरू खसिरहँदा समेत खतरा मोलेर सफा गर्नुहुने अपरेटर साथीहरू हृदयदेखिनै आभार व्यक्त गर्न चाहन्छौँ ।'

May be an image of 9 people

शुक्रबारदेखि पटक-पटक खसेको पहिरोले करिब १०५ घण्टा यातायात अवरुद्ध भएको थियो ।

यसको अलवा फिल्डमा निरन्तर खटिएका सुपरभाइजर, प्राविधिक एवं अन्य कर्मचारी साथी, नागढुंगा-मुग्लिन सडक आयोजना मुग्लिनको प्रमुखसहितलाई सडक डिभिजनले धन्यवाद दिएको छ ।

May be an image of 1 person and ambulance

'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077