Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती सरकारको निर्णय

प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती सरकारको निर्णय

शनिवार , आश्विन ११, २०८२

हेटौंडा । बागमती प्रदेश सरकारले जेनजी प्रदर्शनका क्रममा सवारीसाधनमा क्षति पुगेका प्रहरी कार्यालयहरुलाई मोटरसाईकल उपलब्ध गराउने भएको छ ।

बागमती प्रदेश सरकारले करिब ३ करोड रूपैयाँ बराबर मूल्य पर्ने ८५ वटा मोटरसाइकल दिने निर्णय गरेको हो।

चाडपर्वको समयमा सुरक्षा चुनौतीको संवेदनशीलतालाई ध्यानमा राखेर मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।

सरकारले बागमती प्रदेशका इलाका प्रहरी कार्यालयहरूका लागि ३० वटा, उपत्यका प्रहरीको लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीको लागि २५ वटा गरी ८५ वटा २ पाङ्ग्रे सवारीसाधन खरिदका लागि आर्थिक मामिला मन्त्रालयले शुक्रबार सहमति दिइसकेको छ ।

मापदण्डअनुसार अधिकत्तम १६० सीसीको ३ लाख ५० हजार रूपैयाँसम्मको मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077