काठमाडौ । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् ।
अभिभावकको बैठकमा काठमाडौं र ललितपुरको दुवै स्कूलबाट उनले राजीनामा दिएकी हुन ।
गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । त्यसयता उनलाई अभिभावकले अध्यक्षबाट राजीनामा दिन दबाब दिइरहेका थिए।
राणा व्यवस्थापन समितिको अध्यक्ष रहेको भए पनि यो स्कुल मुनाफारहित रुपमा ट्रस्टबाट सञ्चालन हुँदै आएको छ। हाल स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ ।
यस क्रममा राणाले शुक्रबार अध्यक्ष पदबाट राजीनामा दिएको युलेन्स फाउन्डेसन स्रोतले जानकारी दियो।
हाल अनलाइनबाट कक्षा संचालन भइरहेका छन् । १० देखि १२ कक्षा र आइबीको कक्षा दशैंपछि फेस टु फेस संचालन गर्ने तयारी छ ।
भौतिक संरचना जलेर नष्ट भएकाले नयाँ ढंगले विद्यालय चलाउने योजना युलेन्सले बनाएको छ ।