Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भारतमा अभिनेता थलापतिको र्‍यालीमा भागदौड मच्चियो, ३६ जनाको मृत्यु

भारतमा अभिनेता थलापतिको र्‍यालीमा भागदौड मच्चियो, ३६ जनाको मृत्यु

आइतवार , आश्विन १२, २०८२

एजेन्सी । भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजयको प्रचार कार्यक्रममा शनिबार दक्षिणी करुर जिल्लामा हजारौँ मानिस भेला भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार, यो कार्यक्रम धेरै घण्टा ढिलो भएको थियो ।

राजनीतिज्ञ सेन्थिल बालाजीले स्थानीय अस्पतालबाहिर पत्रकारलाई मृत्युको पुष्टि गर्दै ५० भन्दा बढी मानिस घाइते भएका बताए ।

राज्यका स्वास्थ्यमन्त्री एम सुब्रमण्यनले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिँदै मृत्यु हुनेमा कम्तीमा १६ महिला, नौ पुरुष र ६ बालबालिका रहेका बताएका छन् ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले भागदौडमा मूर्छा परेपछि केही मानिसलाई अस्पताल पुर्‍याइएको बताए । उनले नजिकका जिल्लामा कार्यरत चिकित्सकबाट थप सहयोगका निम्ति अनुरोध गरिएको पनि बताए ।

स्टालिनले मृतकका परिवारलाई १०र१० लाख भारु क्षतिपूर्ति प्रदान र घटनाको जाँचबुझ गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077