Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सूर्य थापाको प्रश्न - शितलनिवास र सिंहदरबार जलाइरहँदा रमिते बन्ने सेना कसको हो ?

सूर्य थापाको प्रश्न - शितलनिवास र सिंहदरबार जलाइरहँदा रमिते बन्ने सेना कसको हो ?

आइतवार , आश्विन १२, २०८२

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले मुलुकका महत्वपूर्ण सरकारी संरचनामाथि भएको तोडफोड र आगजनीका घटनामा नेपाली सेनाको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता थापाले नेपाल र नेपाली जनताको रक्षा सेनाले किन नगरेको भन्दै प्रश्न उठाएका हुन् ।

उनले लेखेका छन्, 'शितलनिवास, सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाइरहँदा रमिते बन्ने सेना कसको हो ? नाम नेपाली त छ, तर नेपाल देश र नेपाली जनताको रक्षा किन गरेन ?'

पछिल्लो समय नेपाली सेनाप्रति पक्ष र विपक्षमा आवाज उठिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077