Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

जीवित देवी कुमारीले सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने

जीवित देवी कुमारीले सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने

बिहिवार , आश्विन १६, २०८२

काठमाडौं । कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टीका लगाइदिने भएकी छन् ।

महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका बिहीबार बिहान ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए ।

जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ । भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ ।

नवमीको रातमा पनि मूलचोकनजिकै पूजाआजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिने प्रचलन छ । गएराति कालरात्रिमा समेत पशु बलि दिइएको हो । यसरी तलेजुको पूजाआजा गर्दा राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने सङ्कल्पसहित धार्मिक गतिविधि गरिँदै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077