Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

तनहुँ, चितवन र धादिङ प्रशासनले भने- सकभर असोज २० सम्म यात्रा नगर्नू

तनहुँ, चितवन र धादिङ प्रशासनले भने- सकभर असोज २० सम्म यात्रा नगर्नू

शुक्रवार , आश्विन १७, २०८२

तनहुँ। चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालयले संयुक्त सूचना जारी गर्दै असोज २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

शुक्रबार एक संयुक्त सूचनामार्फत तीन जिल्लाका जिप्रकाले असोज २० गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा गर्न आग्रह गरेका हुन् ।

यात्रा गर्नुपरेको अवस्थामा पनि रातको समयमा कोत्रे-मुग्लिन-नागढुंगा र मुग्लिन–नारायणगढ सडकमार्फत नगर्न अनुरोध गरिएको छ।

भारी वर्षा हुने पूर्वानुमान गरिएको समय (आगामी २० गते) सम्म अत्यावश्यकबाहेक यात्रा नगर्नु, यात्रा गर्नुपर्दा दिनको समयमा आआफ्नो गन्तव्यमा पुग्ने गरी गर्नु तथा रातको समयमा यात्रा नगर्न अनुरोध गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार, यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायबाट आवश्यक जानकारी लिएर मात्र गर्न अनुरोध गरिएको छ ।

समय सीमाभित्र अत्यावश्यकबाहेक मालवाहक ठूला सवारीसाधन नचलाउन पनि सूचनामा अनुरोध गरिएको छ ।

पूर्वानुमानबमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गमा आवागमन बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने भएकाले त्यस्तो अवस्थातर्फ सचेत एवं सतर्क रही आवश्यक सहयोग गरिदिन सम्पूर्ण यात्रु महानुभाव एवं संघ-संस्थामा अपिल गरिएको प्रजिअ अधिकारीले बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077