Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

आठवटा नदीमा जलसतह खतरा तहभन्दा माथि

आठवटा नदीमा जलसतह खतरा तहभन्दा माथि

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । निरन्तरको वर्षाका कारण आज बिहान साढे ५ बजेसम्म आठवटा नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ ।

वाग्मती, सुनकोसी, अरुण, तमोर, कन्काई, बुढी खोला (सुनसरी), बिरिङ खोला (झापा)लगायत नदीको बहावले सतर्कता तह पार गरेको छ ।

१२ वटा नदीका विभिन्न केन्द्रहरूमा जलसतह सतर्कता तहभन्दा माथि र प्रायजसो नदीमका जल सतह बढ्दो क्रममा रहेका छन् । यसमा वाग्मती, कमला, कोसी जलाधारका बाढीमापन केन्द्रहरू रहेका जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोसी, मधेस र वाग्मती प्रदेशका अन्य सवै नदी र खोलाहरूमा बहाव सतर्कता तहनजिक छ ।

वाग्मती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छ । कोसी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077