Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

केन्द्रीय समिति बैठकमा देउवा र महामन्त्रीद्वयबीच जुटेन सहमति

केन्द्रीय समिति बैठकमा देउवा र महामन्त्रीद्वयबीच जुटेन सहमति

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। केन्द्रीय समिति बैठकअघि महामन्त्रीद्वयले बैठकको एजेन्डाबारे छलफल गरेका हुन्।

सभापति देउवासँग मंगलबार बिहान भएको छलफलमा केन्द्रीय समितिमा पेस गर्ने एजेन्डाबारे तीन नेताबीच सहमति जुट्न नसकेको एक नेताले जानकारी दिए ।

सभापतिसँगको भेटमा महामन्त्रीद्वयले मंसिरमा महाधिवेशन गर्ने गरी अघि बढ्न प्रस्ताव राखेका थिए।

तर ,सभापति र दुई महामन्त्रीसँगको भेटमा पनि महाधिवेशनबारे कुनै टुङ्गो लाग्न नसकेको बताइएको छ।

सभापति देउवा निकट एक नेताका अनुसार केन्द्रीय समिति बैठकमा देउवा आएर आफ्नो वक्तव्य पढ्ने कार्यक्रम छ ।

बैठकमा प्रस्तुत गरिने एजेन्डामा सहमति जुटेन नुक्दा आजको बैठक स्थगित गरेर साझा एजेन्डा तय गर्न नेताहरू अनौपचारिक छलफलमा जुट्ने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077