Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

केन्द्रीय समिति बैठकमा बोल्दै सहमहामन्त्री मन्सुरले भने- बैशाखमा महाधिवेशनको कार्यतालिका मान्य छैन

केन्द्रीय समिति बैठकमा बोल्दै सहमहामन्त्री मन्सुरले भने- बैशाखमा महाधिवेशनको कार्यतालिका मान्य छैन

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै सहमहामन्त्री फर्मुल्लाह मन्सुरले आम निर्वाचनभन्दा अगाडि पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन्।

बैठकमा पहिलो वक्ताको रूपमा बोल्दै उनले नेतृत्व परिवर्तन गरेर, नयाँ र ताजा नेतृत्व लिएर चुनावमा जानुपर्ने बताएका हुन्।

उनले भने- 'नियमित महाधिवेशन गर्न सकिन्न भने ५४ ५ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बमोजिम बिशेष महाधिवेशनमा जानुपर्छ। यसमा दायाँबायाँ गरेर अलमल्याउन पाइन्न । म पनि गत महाधिवेशनमा संस्थापन पक्षबाट नै विजयी भएको हुँ। तर बैशाखमा महाधिवेशन, संस्थापन पक्षको प्रस्ताव भनेर मिडियामा आएको कुरामा मेरो सहमति छैन ।'

सहमहामन्त्री मन्सुर संस्थापन पक्ष निकट मानिन्छन्। उनले संस्थापन पक्षले बैठकमा बैशाखमा महाधिवेशन गर्ने भनी गरेको प्रस्ताव आफूलाई मान्य नभएको बताए।

सहमहामन्त्री मन्सुरले थपे- 'म कुरा लुकाएर हिड्ने मान्छे होइन । आम जनताको कुराहरूको निष्कर्ष मैले राखेको छु । अहिले गगनकुमार थापाको पक्षमा सबै नेपाली जनताले कांग्रेसको सभापति र प्रधानमन्त्रीको उम्मेदवार गगन भए राम्रो हुन्छ भनेको सुनेको छु ।'

मन्सुरले जनताको चाहना र नेताको प्रभावका आधारमा गगनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जानुपर्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077