Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गगन थापालाई नै पार्टी सभापति र प्रधानमन्त्रीको लागि अघि सारेर कांग्रेस निर्वाचनमा जानुपर्छ: सहमहामन्त्री मन्सुर

गगन थापालाई नै पार्टी सभापति र प्रधानमन्त्रीको लागि अघि सारेर कांग्रेस निर्वाचनमा जानुपर्छ: सहमहामन्त्री मन्सुर

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेसभित्रका परिवर्तनविरोधी शक्तिहरूको षड्यन्त्र चिर्न विशेष महाधिवेशन आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने- 'नेपाली कांग्रेस नयाँ नेतृत्वको साथ आसन्न निर्वाचनमा जानुपर्छ । त्यसको लागि नियमित महाधिवेशन गरौँ । यदि नियमित महाधिवेशन सम्भव छैन भनेर विषेश महाधिवेशन गरौँ । सोहीअनुसार नयाँ नेतृत्व, नीति र कार्यदिशाका साथ अगाडि बढ्नुपर्छ । गगनलाई नै पार्टी सभापति र प्रधानमन्त्रीको लागि अघि सारेर कांग्रेस निर्वाचनमा जानुपर्छ ।'

उनले पार्टी महामन्त्री गगनकुमार थापालाई पार्टी सभापति तथा प्रधानमन्त्रीका लागि अघि सारेर कांग्रेस निर्वाचनमा जानुपर्ने प्रस्ताव पनि राखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077