Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

देशभर जुवाखालमा प्रहरीको छापा : ९२ जना पक्राउ, २८ लाखभन्दा बढी नगद बरामद

देशभर जुवाखालमा प्रहरीको छापा : ९२ जना पक्राउ, २८ लाखभन्दा बढी नगद बरामद

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । नेपाल प्रहरीले देशभर जुवातासविरुद्ध व्यापक अभियान सञ्चालन गर्दै विभिन्न स्थानमा छापा मारेर ९२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूको साथबाट २८ लाख रुपैयाँभन्दा बढी नगद, तास र कौडा बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–१ बसपार्कमा रहेको खुसुमा होटलमा जुवातास खेलिरहेका ५७ वर्षीय जितकुमार राईसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट १ लाख ७२ हजार ९३५ रुपैयाँ, १६ थान कौडा र ४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१ रातामकै चोकस्थित स्वाद रेष्टुरेन्टमा जुवातास खेलिरहेका ४८ वर्षीय जिवन थापासहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सातदोबाटो प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरूको साथबाट ८ लाख ७५ हजार १८५ रुपैयाँ र ८ बुक तास बरामद गरेको छ।

त्यसैगरी, महालक्ष्मी नगरपालिका–५ टिकाथलीमा ३३ वर्षीय सुरेश नापितको घरमा खेल भइरहेको जुवातासमा सुरेशसहित ९ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ४ लाख ९४ हजार ५ सय रुपैयाँ र १९ बुक तास फेला परेको ललितपुर प्रहरी परिसरले जनाएको छ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोलमा ३२ वर्षीय सुमन थापा र उनका १२ साथीहरूलाई आइतबार राति पक्राउ गरिएको हो। प्रहरीले उनीहरूबाट १ लाख ३५ हजार ७३० रुपैयाँ र १ बुक तास बरामद गरेको छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ ग्वालटारमा ४८ वर्षीय ढालबहादुर कार्कीका घरमा जुवातास खेलिरहेका २४ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट ३ लाख ८९ हजार १६१ रुपैयाँ र १६४ पत्ती तास बरामद गरिएको छ।

कास्कीको पोखरा–९ नयाँबजारमा ४९ वर्षीय सुरेश शिल्पकारसहित ६ जना पक्राउ परेका छन्। उनीहरूबाट २ लाख ५१ हजार ४५५ रुपैयाँ र २ बुक तास बरामद गरिएको हो।

दाङको तुलसीपुर–५ बस्ने ५४ वर्षीय हिमराज खड्काको घरमा खेल भइरहेको जुवातासमा संलग्न ५ जना पक्राउ परे। उनीहरूको साथबाट ५५ हजार १९५ रुपैयाँ र १ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

बाँकेको कोहलपुर–१५ चौधरीया गाउँस्थित लक्ष्मीप्रसाद बोहराको कुखुरा फर्ममा जुवातास खेलिरहेका ११ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट २ लाख ८८ हजार ६३५ रुपैयाँ र २० बुक तास फेला पारेको हो।

जुम्लाको चन्दननाथ नगरपालिका–१ मा ३६ वर्षीय कृष्ण आरसीसहित ७ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १ लाख ७९ हजार २८५ रुपैयाँ र ४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरू सबैमाथि जुवा ऐन, २०२० बमोजिम अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077