काठमाडौं । जेनजी युनाइटेडको अगुवाइमा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको सम्झनामा श्रद्धासुमनसहित बिहीबार (कात्तिक ६) भाइटीका कार्यक्रम गरिएको छ । उनीहरूले ‘जेनजी’ एक हुनुपर्नेमा समेत जोड दिए ।
जेनजी एक नभएसम्म सहिदको आत्माले शान्ति नपाउने उनीहरूले बताए । काठमाडौंको माइतीघरमा भेला भई उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘रगतले लेखिएको इतिहास अब खेर नजाओस्’, ‘सहिदको नाममा स्वार्थको खेल नहोस्,’ ‘सहिदको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
नेपाली झन्डा शरीरमा ओढेर उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरे ।