Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बूढीगण्डकी आयोजनाको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

बूढीगण्डकी आयोजनाको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत परियोजनाको कामलाई तीव्रता दिन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्री कार्कीले आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको सन्दर्भमा काममा ढिलाइ गर्न नहुने जिकिर गरिन्।

उनले पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार करबापतको रकम प्रत्येक वर्ष सोझै आयोजनाको खातामा जम्मा हुने व्यवस्था मिलाउन ऊर्जा र अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिइन्।

छलफलमा सहभागी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आयोजना अघि बढाउन सरकारले देखाएको तत्परता सकारात्मक रहेको भन्दै खुसी व्यक्त गरे।

उनले बूढीगण्डकीलाई केवल विद्युत उत्पादनमा मात्र सीमित नराखी बहुउद्देश्यीय आयोजनाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077