मोरङ । नेपाली कांग्रेसको मोरङ–६ क्षेत्रीय समितिले प्रतिनिधिसभा निर्वाचनका लागि डा. शेखर कोइरालाको नाम एकल सिफारिस गरेको छ।
फागुन २१ को घोषित प्रतिनिधिसभा निर्वाचनमा मोरङ–६ मा प्रत्यक्ष उम्मेदवार बनाउन क्षेत्रीय समितिले कोइरालाको नाम एकल रूपमा सिफारिस गरेको हो।
मंगलबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ।
कोइराला २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।