Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजी अगुवा पाण्डेले भनिन्–बालेनले देश बनाउँछन् भनेर विश्वास नगरौं

जेनजी अगुवा पाण्डेले भनिन्–बालेनले देश बनाउँछन् भनेर विश्वास नगरौं

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले आफ्नो अयोग्यता स्वीकार्न नसक्नेहरूले असफलताको दोष विदेशीलाई दिने गरेको बताएकी छन्। 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पाण्डेले भनेकी छन्–‘आफ्नै अयोग्यता स्वीकार्ने साहस नभएकाहरूका लागि हरेक असफलताको दोष विदेशी हस्तक्षेपलाई दिनु सजिलो डिफेन्स हो।’

काठमाडौंको मेयरबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले विदेशी हस्तक्षेपका कारण काठमाडौंको फोहोर व्यवस्था गर्न नसकेको अभिव्यक्ति दिएका थिए। त्यसप्रति पाण्डेले कटाक्ष गरेकी हुन्। 

फोहोर व्यवस्थान गर्न नसक्नले देश बनाउने आश नगर्न आग्रह गर्दै उनले भनेकी छन्–‘विदेशी हस्तक्षेपको बहानामा एउटा फोहर व्यवस्थापन समेत गर्न नसक्नेहरूले भोलि देश बनाइदिन्छन् भनेर धेरै विश्वास नगरौं ।’

काम गर्न नसकेर विदेशी हस्तक्षेप भन्नेहरूमाथि विश्वास गर्न नहुने तर्क गर्दै उनले भनेकी छन्–‘अनि, यदि तपाईंले काम गर्न नपाउनुको कारण विदेशी हस्तक्षेप हो भने, अरूले पनि काम गर्न नपाउनुको कारण त विदेशी हस्तक्षेप नै होला नि । ‘बोल्नेहरूभन्दा पनि पत्याइदिनेहरू देखेर झन् अचम्म लाग्छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077