Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु,चार घाइते

    कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु,चार घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १३ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं – कलङ्कीमा साेमबार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बर ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा चितवन घर भई हाल गोङ्गबु बस्ने ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको हो ।



    महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार ब्रेक फेल भएको ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका चार जनाको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटना गराउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार