Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कुन स्मार्टफोन कति विक्यो ?

    कुन स्मार्टफोन कति विक्यो ?

    उत्कृष्ट १०मा पाँच वटा आईफोन र चार वटा सामसुङ

    एजेन्सी
  • शनिबार, १७ फाल्गुन २०७६
  • 3.2K
    SHARES

    काठमाडौं । पछिल्लो समय स्मार्टफोनले नेपाली मात्रै होइन विश्व बजार नै तताएको छ । स्मार्टफोन विनाको मानव जीवन लगभग कल्पना पनि गर्न नसकिने जस्तो अवस्था पैदा भइसकेको छ । हुन त अझै पनि फोन प्रयोग नगर्ने कयौं व्यक्तिहरु छन् तर, पनि अधिकांश भने फोन विनाको जीवन कल्पना गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । स्समाथि पनि स्मार्टफोन ।

    हुन त गत वर्ष सन् २०१९ मा विश्वमा स्मार्टफोनको बिक्रीमा गिरावट आएको थियो । तर, पनि अहिले विश्व वजारमा दैनिक लाखौं थान मोबाइल फोनहरु बिक्री भइरहेका छन् ।



    बजारमा आएका थरीथरी ब्राण्डका स्मार्टफोनहरुमध्ये सबैभन्दा लोकप्रिय चाहिं कुन हो त भन्ने प्रश्न उब्जिन्छ । यसै प्रश्नको उत्तर दिने उद्देश्यले आज हामीले विभिन्न सञ्चामाध्यमहरुको सहयोगमा स्मार्टफोनको बारेमा समाचार तयार पारेका छौं ।



    बाजरमा हामीले प्रशस्त मात्रामा स्मार्टफोनहरु छानेर किन्ने अवसर पाएका छौं । त्यसैलाई आधार मानेर गत वर्ष सन् २०१९ मा विश्व बजारमा सबैभन्दा धेरै बिक्री भएका स्मार्टफोनको संख्याका आधारमा सर्वाधिक लोकप्रिय स्मार्टफोनको सूचि तयार पारिएको हो ।

    १.  आइफोन एक्स आर
    सन् २०१८ मा बजारमा आएको आइफोन एक्स आर एप्पलको सर्वाधिक लोकप्रिय बन्न सफल भयो । सन् २०१९ मा यो सेट ४ करोड ६३ लाख बिक्री भएको तथ्यांक छ ।

    २. आइफोन ११
    विश्वमा सर्वाधिक लोकप्रिय स्मार्टफोनको दोश्रो स्थानमा एप्पलको आइफोन ११ रहेको छ । सेप्टेम्बरमा मात्र लञ्च भएको आइफोन ११ गत वर्ष ३ करोड ७३ लाख थान बिक्री भएको छ ।

    ३. ग्यालेक्सी ए १०

    विश्वको सर्वाधिक लोकप्रिय स्मार्टफोनको तेश्रो स्थानमा सामसुङको ग्यालेक्सी ए १० स्मार्टफोन रहेको छ । गत वर्ष सामसुङले ३ करोड ए १० बिक्रि गर्न सफल भयो ।

    ४. ग्यालेक्सी ए ५०

    लोकप्रिय स्मार्टफोनको चौथो स्थानमा पनि सामसुङले नै पकड जमायो । गत वर्ष २ करोड ४२ लाख थान ग्यालेक्सी ए ५० बिक्रि भएको थियो ।

    ५. ग्यालेक्सी ए २०
    त्यसो त लोकप्रियको पाँचौ स्थानमा पनि सामसुङ नै पर्न सफल भयो । गत वर्ष सामसुङ ग्यालेक्सी ए २० १ करोड ९२ लाख थान विक्री भएको थियो ।

    ६. आइफोन ११ प्रो म्याक्स
    एप्पलका महंगा आइफोन बिक्री हुँदैनन् भन्ने मान्यतालाई चुनौति दिन सफल आइफोन ११ प्रो म्याक्स गत वर्ष सबैभन्दा धेरै बिक्री भएका स्मार्टफोनको छैटौं स्थानमा परेको छ । गत वर्ष यो सेट १ करोड ७६ लाख थान बिक्री भएको थियो ।

    ७. आइफोन ८
    त्यसैगरी लोकप्रिय स्मार्टफोनको सातौ नम्बरमा पनि आईफोन नै पर्न सफल भयो । दुई वर्ष अघि लञ्च भएको एप्पलको आइफोन ८ को लोकप्रियता अझै घटेको छैन । गत वर्ष यो सेट १ करोड ७० लाख थान विक्री भएको थियो ।

    ८. साओमी रेडमी नोट सेभेन
    एप्पल र सामसुङबाहेक विश्वको सर्वाधिक लोकप्रिय टपटेन स्मार्टफोनको सूचिमा पर्न सफल भएको एकमात्र स्मार्टफोन साओमीको रेडमी नोट सेभेन बनेको छ । गत वर्ष यो चिनिया फोन १ करोड ६४ लाख थान विक्री भएको थियो ।

    ९. आइफोन ११ प्रो
    सर्वाधिक बिक्री भएको स्मार्टफोनको नबौं स्थानमा आइफोन ११ प्रो रहेको छ । जुन सेट गत वर्ष १ करोड ५५ लाख विक्री भएको थियो ।

    १०. ग्यालेक्सी जे टू कोर
    गत वर्ष सबैभन्दा धेरै विक्री भएका स्मार्टफोनहरुको १० नम्बरमा सामसुङको ग्यालेक्सी जे टू कोर परेको छ । सामसुङको यो स्मार्टफोन गत वर्ष १ करोड ५२ लाख विक्री भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार