Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बौद्धमा मोवाईल लुटपाट गर्ने गिरोह प्रहरी फन्दामा

    बौद्धमा मोवाईल लुटपाट गर्ने गिरोह प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 2.9K
    SHARES

    काठमाडौँ । काठमाडौँको वौद्द क्षेत्रमा मोवाईल चोरी तथा लुटपाट गर्ने ३ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा वारा जिल्ला निजगढ रेगाबस्ती घर भई हाल काठमाडौँ बस्ने १८ बर्षीय समिर तामाङ, २२ बर्षीय विरस मगर र खोटाङ जिल्ला बतासे घर भई हाल काठमाडौँ .गोकर्णेश्वर न.पा.वडा नं. ८ बस्ने१८ बर्षीय भिम राई रहेका छन् ।



    प्रहरी वृत्त वौद्दवाट विशेष टोली परिचालन गरि मोवाइल चोरी गर्ने तथा लुटेराहरुको खोजतलास गर्ने क्रममा २० थान लुटेको मोवाईलसहित ३ जनालाई पक्राउ गरीएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले जानकारी दिए।



    एसपी बस्नेतका अनुसार पक्राउ परेका उनीहरुको साथबाट वरामद गरिएका सामानको विवरण यस प्रकार रहेको छ –

    (१)बा. २५ प. ८०८४ नम्बरको डिस्कर मो.सा.थान-१
    (२) रेडी मि. मोबाईल थान-१
    (३) भिभो मोबाईल थान-२
    (४) सामसुङ मोबाईल थान- ८
    (५) ओपो मोबाईल थान- ३
    (६) हुवाई मोबाईल थान-१
    (७) लेनोभो मोबाईल थान-१
    (८) लाभा मोबाईल थान-२
    (९) ONYX मोबाईल थान-१
    (१०) अम आई मोबाईल थान-१ (जम्मा थान- २०)

    पक्राउ परेका उनीहरुमाथि प्रहरी वृत्त बौद्दवाट थप अनुसन्धान भईरहेको एसपी बस्नेतले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार