Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • चोरीका सामाननसहित चोर पक्राउ

    चोरीका सामाननसहित चोर पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 2.9K
    SHARES

    सप्तरी । प्रहरीले चोरीको सामानसहित जिल्लाको अग्निसाइर कृष्णसरवन गाउँपालिका वडा नम्वर १ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका १८ वर्षीय ओमप्रकाश सरदारलाई बिहीबार पक्राउ गरेको छ ।

    घरको छतमा भुसको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा ५६ हजार ९६५, चाँदीको ५४ तोलाका पाँच जोर गरगहना र एक थान मोबाइल बरामद भएको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।



    जिल्लाकै महादेवा गाउँपालिका वडा नम्वर १ घर भएका सरदार सपरिवार धर्मशालामा बस्दै आएका थिए । उनले बुधबार राति घरमा कोही नभएको मौका छोपी चोरी गरेको प्रहरी सम्क्ष स्वीकारेका छन् ।



    सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका वडा नम्वर १ स्थित जण्डौलचोक बस्ने उर्मिलाकुमारी चौधरी बुधबार पुरानो घर गई बिहीबार बिहान १० बजे आफ्नो नयाँ घर आउँदा माथिल्लो तल्लाको कोठाको ताला र कोठाभित्रको दराज फुटाइएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय महुलीमा खबर गरेका थिए ।

    सरदारलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गरेको स्वीकार्दै बिताइ सरदारको घरको छतमा सामान लुकाएको ठाउँ देखाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता काफ्लेले बताए ।

    उनलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार