Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • काठमाडौं प्रहरीद्वारा सवारी साधनमा पाकेटमारी गर्ने २०७ जना पक्राउ

    काठमाडौं प्रहरीद्वारा सवारी साधनमा पाकेटमारी गर्ने २०७ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले सवारी साधन तथा बजारमा पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी अशोक सिहंले जानकारी दिए।



    उनका अनुसार पक्राउ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कारागार चलान गरिसकेको छ।



    उनीहरुले सार्वजनिक बसभित्र समूह बनाइ छिर्ने र पैसा भएको यात्रु पत्ता लगाएर पछाडिबाट घेराबन्दी पारी मोबाइल, नगद र सुनचाँदी पाकेटमारी गरेर पालोपालो गरी ओर्लने गरेको प्रहरीको भनाइ छ । पाकेटमारले चोरीको समयमा सांकेतिक भाषा प्रयोग गर्ने एसएसपी  सिंहले बताए।

    उनीहरुले चोर्ने तथा पाकेटमारी गर्ने समयमा पैसालाई – द , मोवाईल – कान, पकेटमारी पिडित – रामे, पकेटमारी गर्ने (मास्टर) – काशी, पैसा धेरै छ – टानको द, पैसा थोरै छ -जुटको द , गाडी -कांचा, केटा – छापा, केटी -भद्रि, पुलिस आयो ठूल्दाई आयो , ड्राईभर – माम, खलासी- मले, गाडीवाट झरेर भाग- टप्की, गाडीभित्र अगाडी सर – अकल जा, गाडीभित्र पछाडी सर – चिछल जा जस्ता सांकेतिक भाषाको प्रयोग गर्ने गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार