Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौंमा नक्कली डीएसपी, इन्सपेक्टर र जवान बनेर लुटपाट गर्ने गिरोह पक्राउ

    काठमाडौंमा नक्कली डीएसपी, इन्सपेक्टर र जवान बनेर लुटपाट गर्ने गिरोह पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । प्रहरीले काठमाडौँ उपत्यकाभित्र नक्कली इन्सपेक्टरदेखि डीएसपी बनेर लुटपाट गर्दै आएको एक गिरोहलाई पक्राउ परेका छ।

    पक्राउ पर्नेहरुमा काठामाडौं कोटेश्वरका २६ वर्षीय रावि शाही, सिरहाको सुखनीपुर नगरपालिका–४ का २१ वर्षीय राजिव महतो, काठमाडौं–३२ का ३९ वर्षीय सन्जिव बुढाथोकी, राजु भनिने वीरेन्द्रकुमार लिम्बु छन्।



    महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार उनीहरुले काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा आफू प्रहरीको डीएसपी, इन्सपेक्टर भएको बताउँदै लुटपाट गर्दै आएका थिए।



    प्रहरी स्रोतका अनुसार लिम्बुले आफूलाई प्रहरीको डीएसपी भएको बताउँथे भने बुढाथोकीले इन्सपेक्टर । बाँकी २ जना भने सिपाही बनेर सर्वसाधारणलाई धम्क्याउँदै कुटपिट गर्दै लुटपाट गर्ने गरेको प्रहरी स्रोतको भनाइ छ।

    यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी परिसर स्रोतले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार