Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ३६ जना नेपालीलाई साथमा लिएर चिनियाँ नागरिकको अवैध धन्दा, यसरी गरिन्थ्यो ‘बाइपास’

    ३६ जना नेपालीलाई साथमा लिएर चिनियाँ नागरिकको अवैध धन्दा, यसरी गरिन्थ्यो ‘बाइपास’

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले काठमाडौँस्थित पुरानो बानेश्वरबाट १ चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १३ महिला, २३ पुरुष र एक चिनियाँ नागरिक रहेका छन्।

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी सुदीप गिरीका अनुसार उनीहरुलाई अवैध कल बाइपासमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । उनीहरुले बानेश्‍वरस्थित एक घर भाडामा लिई सिन्धुलीका दीपक श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी (Lemon Group of Company) दर्ता गरी चिनियाँ नागरिकच्याङ ही बाओ (CHANG HUI BAO )द्वारा अवैध कल बाइपास गर्ने अनुसन्धानमा खुलेको एसएसपी गिरीले बताए।



    साथै, उनीहरुको साथबाट ल्यापटप ४ थान (चिनियाँ नागरिकद्वारा बिभिन्न एप्लिकेशनहरु: Easy Credit, Free Cash, handy Loan, Go Loan, Rupee Star, High
    Cash मार्फत Loan Scam गर्न प्रयोग भएको), मोबाइल दुई थान (चिनियाँ नागरिकद्वारा प्रयोग गरिएको)समेत बरामद गरिएको एसएसपी गिरिको भनाइ छ।



    उनीहरुमाथि बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट दिन -५ को म्याद अनुमति लिई प्रहरी बृत्त नयाँ बानेश्‍वरबाट थप अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार