Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक वीरगञ्जबाट पक्राउ

    अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक वीरगञ्जबाट पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 777
    SHARES

    फाइल तस्विर

    वीरगञ्ज । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

    भारत घर भएका इरफान सुफियान खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेका हो ।



    विशेष सुराकीको आधारमा मंगलबार उनलाई वीरगञ्जबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    वीरगञ्ज महानगरपालिका–२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैध रूपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

    घटनास्थलबाट विभिन्न सामग्री र उपकरण पनि प्रहरीले बरामद गरेको छ । खानलाई अदालतबाट म्याद थप गरेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार