Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विमानभित्रै भारतीय नागरिकबीच कुटाकुट

    विमानभित्रै भारतीय नागरिकबीच कुटाकुट

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 741
    SHARES

    एजेन्सी । थाइल्यान्डको राजधानी बैंककबाट भारतको कोलकाता आइरहेको थाई स्माइलको विमानमा चारजना भारतीय यात्रुहरूले कुटाकुट गरेको भिडियो सार्वजनिक भएको छ ।

    मंगलवार भएको घटनामा दुई भारतीय पुरुषले एकअर्कालाई चुप लागेर बस् अनि हात तल राख् भनेको सुनिन्छ । उनीहरूलाई शान्त बनाउन एयरहोस्टेसलाई हम्मेहम्मे परेको थियो ।



    ए३२० एयरबसमा झगडा गर्ने दुई पक्षलाई बल्लतल्ल एकजना एयरहोस्टेसले छुट्ट्याएकी थिइन् । विमानको सीट धेरै तल पारेको आरोपमा झगडा भएको बताइएको छ ।



    घटना लगत्तै एयर होस्टेजले ति यात्रुहरुलाई सिटमा बस्न र झगडा नगर्न आग्रह गरेपनि नमानेपछि विमानका अन्य यात्रुहरुले आपत्ति जनाएका थिए ।

    विमान कोलकतामा अवतरण गरे लगत्तै झगडा गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार