Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अस्पताल निर्माण गर्ने विषयमा विवाद हुँदा कुटाकुट, ३५ जना घाइते

    अस्पताल निर्माण गर्ने विषयमा विवाद हुँदा कुटाकुट, ३५ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 585
    SHARES

    बैतडी । बैतडीमा अस्पताल निर्माणमा विवाद हुँदा कुटाकुट भएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयबिच १५ शय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा कुटाकुट भएको हो ।

    जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार दुबै वडाका ३५ जना घाइते भएका छन् ।



    केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण गर्नुपर्ने भन्दै दबाब दिनका लागि मेलौली नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका थिए ।



    त्यसका विरुद्धमा वडा नम्बर १ का बासिन्दाले बुधबार नाराबाजी गरेका थिए। उनीहरुले वडा नम्बर १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने र त्यो कार्य नगरपालिकाले अगाडि बढाउनुपर्ने माग गरेका छन् ।

    बिहीबार दुवै पक्षले नाराबाजी गर्दै गर्दा कुटाकुट भएको हो । कुटाकुमा वडा नम्बर ७ का २५ जना घाइते भएका छन् भने वडा नम्बर १ का १० जना घाइते भएको छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार