Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बलात्कारको मुद्दा गाउँमै मिलाउने वडाध्यक्षसहित तीन जना प्रहरी खोरमा

    बलात्कारको मुद्दा गाउँमै मिलाउने वडाध्यक्षसहित तीन जना प्रहरी खोरमा

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 606
    SHARES

    संकेतिक तस्विर

    बैतडी । बैतडीको सिगास गाउँपालिकामा बलात्कार मुद्दा गाउँमै मिलाउने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

    ४ वर्ष पहिले बलात्कारको मुद्दा मिलाउने सिगास गाउँपालिका-३ वडाअध्यक्ष अमर सिंह धामी, गाउँपालिकाका कर्मचारी राजेन्द्र सिंह धामी र भुवन भास्कार माविका शिक्षक मनोज सिंह धामी पक्राउ परेका हुन् ।



    २०७७ सालमा स्थानीय दिपक सिंह धामीमाथि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो । त्यसपछि स्थानीयहरूले थाहा पाएपछि हालका वडाअध्यक्ष अमर, शिक्षक मनोज, कर्मचारी राजेन्द्रलगायतका स्थानीयले तमसुक बनाएर घटना मिलोमतो गरेका थिए ।



    मिलोमतोमा संलग्न अर्का गोपाल सिंह धामीले कैद भुक्तान गरेर छुटिसकेका छन्। आरोपित दिपकले बलात्कृत भएकी किशोरीलाई सुन दिने सहमतिसहितको तमसुक बनाएका थिए । सोही तमसुकको फट्के किनारा साँची बसेका तीनजना सोमबार पुनः पक्राउ परेका हुन् ।

    पक्राउ परेका तीनैजनालाई उच्च अदालत दिपायल कञ्चनपुरले एक महिना कैद सजाय तोकेको हो। त्यसमध्ये वडाअध्यक्ष अमर र शिक्षक मनोजले २७ दिन अनुसन्धानका क्रममा नै कारागार बसेका थिए ।

    उनीहरूले अब ३ दिनमात्रै बस्नुपर्नेछ । यसैगरी यसअघि २५ दिन कैद भुक्तान गरेका राजेन्द्रले ५ दिन पुनः बस्नु पर्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार