Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ट्याक्टर दुर्घटना हुँदा बैतडीमा तीन जना घाइते

    ट्याक्टर दुर्घटना हुँदा बैतडीमा तीन जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 399
    SHARES

    फाइल तस्विर

    बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

    बैतडीको मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिर नजिक आज बिहान ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका हुन्।



    मन्दिरको निर्माण सामग्री बोकेको म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।



    ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरी, कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदार गाउपालिका–५ का गगनसिंह कार्की भएका छन् ।

    मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको बुझिएको छ ।

    घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार