Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • मलामी बोकेको जिप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु

    मलामी बोकेको जिप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 543
    SHARES

    फाइल तस्विर

    बैतडी । मलामी बोकेको जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

    डिलासैनी गाउँपालिका १ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जादै गरेको सु.प.प्र-०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।



    मृत्यु हुनेमा डिलासैनी गाउँपालिका-१ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । बोहराको घटनास्थलमै मृत्यु भएको हो ।



    दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

    जिपमा चालकसहित १७ जना सवार थिए । जिप चालक डिलासैनी गाउँपालिका-६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेका छन् ।

    उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार