Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • जबरजस्ती करणी आरोपमा मिनीट्रकका चालक पक्राउ

    जबरजस्ती करणी आरोपमा मिनीट्रकका चालक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 978
    SHARES

    संकेतिक तस्विर

    बैतडी । किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा मिनीट्रकका चालक पक्राउ परेका छन् ।

    प्रहरीले से १ ख १९७९ नम्बरको मिनीट्रकका चालक मेलौली नगरपालिका–७ का महेश ओझालाई शुक्रबार पक्राउ गरेको हो ।



    चाकल ओझामाथि सोही मिनी ट्रकमा सवार रहेकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । ट्रकसहित चालक ओझालाई हिरापुरबाट पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ ।



    पीडित किशोरी अत्तरियाबाट बैतडी आउन मिनीट्रकमा बसेकी थिइन् ।

    बिहीबार राति बुडरमा बस्ने क्रममा मिनीट्रकमा आफूमाथि चालक ओझाले जबरजस्ती करणी गरेको किशोरीले प्रहरीलाई जानकारी गराएपछि नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार