Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हतियार र रकमसहित भारतीय नागरिक पक्राउ

    हतियार र रकमसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 687
    SHARES

    बारा । सशस्त्र प्रहरी बल बाराले गोली लोड गरिएको पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    आइतबार साँझ ६ बजेर २० मिनेटको समयमा बाराको पचरौता नगरपालिका–४ स्थित बिओपि बेल्दारीबाट खटिएको पैदल गस्ती टोलीले शंका लागेर चेक गर्दा भारतीय व्यक्ति पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण जिल्लाको मोतिहारी–१६ बस्ने ४० वर्षीय चन्दन कुमार रहेका छन् ।



    दाहिने कम्मरमा होस्टाइलभित्र ३ राउण्ड लोड भएको गोली, ४ राउण्ड होस्टाइल राखिएको पेस्तोल र भारतीय रकम र मोबाईल सेटसहित बरामद गरिएकको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार