Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्कुटरको डिक्कीमा लुकाई ल्याएको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

    स्कुटरको डिक्कीमा लुकाई ल्याएको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 594
    SHARES

    जनकपुरधाम । प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई धनुषाबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह छन् ।



    साहलाई धनुषाको विदेह नगरपालिका-२ बाट इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले पक्राउ गरेको धनुषाका प्रहरीले जनाएको छ ।



    बी.आर.३२ ए.सी ७६७९ नम्बरको स्कुटर चढेर भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा स्कुटरको डिक्की भित्र कालो प्लाष्टिकमा श्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ ।

    साहलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार