Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विराटनगरबाट तीन किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    विराटनगरबाट तीन किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 564
    SHARES

    विराटनगर । लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया दक्षिण महेश्वरीका २३ वर्षीय सुनीलकुमार साह र अररिया विसनपुरका ३९ वर्षीय प्रमोद यादव रहेका छन् ।

    पक्राउ परेकाको साथबाट तीन किलो गाँजा र एउटा भारतीय मोटरसाइकल पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१५ स्थित रानी बसपार्कबाट उनिहरुलाई पक्राउ गरेको हो ।



    बीओपी (बोर्डर आउट पोस्ट) रानीबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक थानबहादुर खड्का नेतृत्वको टोलीले राति ८ बजेतिर उनीहरुलाई पक्राउ गरेको थियो । पैदल नै भारतको जोगवनीतिर जाँदै गरेका साहलाई सुरूमा सशस्त्रले नियन्त्रणमा लिएको थियो ।



    खानतलासी गर्दा उनले बोकेको झोलाबाट ३ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङले बतायो । सोधपुछका क्रममा साहले उक्त गाँजा आफूलाई प्रमोद यादवले दिएको र भारततिर लैजान भनेको बताएका थिए ।

    त्यसलगत्तै खोजतलास गरेर यादवलाई बीआर ३८ सी २६०६ नम्बरको मोटरसाइकलसहित विराटनगर–१५ बाटै पक्राउ गरिएको थियो । पक्राउ परेकाहरुको साथबाट २ वटा भारतीय आधार कार्ड र नेपाली १ हजार २ सय १० रूपैयाँसमेत बरामद भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार