Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • काठमाडौंमा स्कुटर चोरी गर्ने गिरोहका पाँचजना सदस्य पक्राउ

    काठमाडौंमा स्कुटर चोरी गर्ने गिरोहका पाँचजना सदस्य पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौंमा ८ वटा चोरीका स्कुटरसहित चोरीमा संलग्न गिरोहका पाँच जना पक्राउ परेका छन् । जिल्ला विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले स्कुटरसहित पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका-११ घर भएका अरुण नेपाली, धादिङ्गको निलकण्ठ नगरपालिका १० सिम्ले ज्यामरुङ घर भई हाल काठमाडौं क्षेत्रपाटी बस्ने प्रदिप नेपाली, काठमाडौं महानगरपालिका-१८ नरदेवीका रामसुन्दर मानन्धर, काभ्रेको नमोबुद्ध नगरपालिका-६ रोशीखोला घर भई हाल काठमाडौ महानगरपालिका-१८ नरदेवी बस्ने बिबेश लामा र दाङको सिसामिया घर भई हाल काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने सूर्य परियार रहेको प्रहरीले जनाएको छ ।



    यही वैशाख ७ गते प्रहरी बृत्त स्वयम्भूबाटबाट खटिएको प्रहरी टोलीद्वारा चेकजाँच गर्ने क्रममा एक स्कुटर सहित चोरीमा संलग्न अरुण नेपाली पक्राउ परेका थिए । उनला नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान प्रारम्भ गरेको थियो ।



    अनुसन्धानको बिविध बिधि र प्रविधिको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा नेपालीको गिरोहका ब्यक्तिहरुले काठमाडौंका बिभिन्न स्थानबाट मोटरसाइकल, स्कुटर चोरी गरी ल्याएका स्कुटर लुकाई छिपाई राखेका भन्‍ने तथ्य खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    तत्पश्‍चात प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले ८ गते काठमाडौं महानगरपालिका वडा नम्बर १५ चौमतीस्थित सडकखण्डबाट ती व्यक्तिहरुलाई चोरीका स्कुटरहरुसहित नियन्त्रणमा लिएको हो ।

    साथै उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार