Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतबाट पैसा र सामान चोरेर नेपाल आएका दुई चोर नेपालमा पक्राउ

    भारतबाट पैसा र सामान चोरेर नेपाल आएका दुई चोर नेपालमा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.5K
    SHARES

    सांकेतिक तस्विर

    कञ्चनपुर । सशस्त्र प्रहरीले भारतबाट नगद तथा अन्य सामान चोरीगरी नेपालमा लुकिछिपी बसेका दुई जनालाई कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १ फटैयाबाट कार्तिक ३० गते पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३८ वर्षिय लालचन्द्र शाही ठकुरी र कैलाली जिल्लाको लम्किचुहा नगरपालिका १ बस्ने ३८ वर्षिय विष्णु शाही छन् । उनीहरुले भारतको बैङ्गलोरमा काम गर्ने गरेको घरबाट नगद तथा अन्य सामानहरु चोरीगरी यही कार्तिक २५ गते नेपाल आएका थिए । उनीहरु लुकिपछि बसेको भन्ने  सुचना पाएसँगै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वास र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आँपतालबाट खटिएको सशस्त्र प्रहरीले लालचन्द्र शाही ठकुरीको घरमा उनीहरु दुवै जनालाई पक्राउ गरेको हो ।



    त्यसवेला उनीहरुको साथबाट भारतीय रुपैयाँ ४३ हजार ९ सय, हङकङ डलर ४०, थाईल्याण्ड भाट १ हजार २ सय ६०, यूएस डलर १ हजार ५, क्यानडियन डलर २ हजार ८ सय १०, मलेसियन रिङ्गिट २३, सिङ्गापुर डलर १८, कतारी रियाल १, दुबई दिराम १ सय ३०, चाईनीज युवान १ सय ६१, ल्यापटप ४ वटा, सुन जस्तो देखिने पहेला धातु पत्थर नभएको ३७ तोला ११ आना, पहेलो धातु पत्थर नभएको १ सय २६ तोला २ आना तथा पत्थर १ किलो ९ सय ९८ ग्राम फेला पारिएको हो ।



    पक्राउ परेका दुवैजनालाई सशस्त्र प्रहरीले बरामद नगद तथा सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार