Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

बसले किचेर मोटरसाइकल चालकको ज्यान गयो

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजनर नगरपालिका–४ जनक चोकमा बसले किचेर एक जनाको ज्यान गएको छ । बसले किचेर को.४ प २०९८ नम्बरको मोटरसाइल चालक लहान–१९ का मोहमद लुतफूर रहमानको ज्यान गएको हो ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना. ४ ख ४२६५ नम्बरको बसलाई उछिनेर अगाडि बढेको रहमानको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोक्किए । मोटरसाइकल ठोक्किएर लडेका रहमानको पछाडिबाट आइरहेको बसले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का बा. ३१ ब ९८८३ नम्बरका मोटरसाइकल चालक आरजु कुमार राई घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गोलबजरमा प्रमुख इन्सपेक्टर जनक पुरीकाा अनुसार राईको दाहिने खुट्टा भाँचिएको छ । घाइतेको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077