Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • किशोरीमाथि यौन दुराचार गर्ने बौद्ध धर्मगुरु पक्राउ

    किशोरीमाथि यौन दुराचार गर्ने बौद्ध धर्मगुरु पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडाैं । १७ वर्षीया किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा एक बौद्ध धर्मका धर्मगुरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा बौद्ध धर्मगुरु अस्ट्रेलियन नागरिक गोविन्द रिन्बोचे रहेका छन् ।

    किशाेरीले दिएकाे उजुरीकाे अाधारमा रिन्बाेचेलाई यौन दुराचार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हाे ।



    महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहले धर्मगुरु लाई वृत्तको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिकाको कदम्बा बुद्धिष्ट प्रतिष्ठानबाट पक्राउ गरेको बताए । उनका अनुसार उनी सोही प्रतिष्ठानका प्रमुख रहेको छन् ।



    उनीमाथि ती किशाेरीले आफूमाथि यौन दुराचार गरेको अभियोगमा बुधबार जाहेरी दिएपछि बिहीबार पक्राउ गरिएको डीएसपी सिंहको भनाइ छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार