Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतीय राजदूत क्वात्रा र परराष्ट्र मन्त्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ ।  नेपालका लागि नव नियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीसँग औपचारिक रूपमा शिष्टाचार भेटवार्ता गरेका छन्।

आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाण पत्र भारतीय राजदूत क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरे लगत्तै उप-राष्ट्रपति नन्द बहादुर पुन र उप–प्रधानमन्त्री पाेखरेलपछि मन्त्री ज्ञवालीसँग औपचारिक रूपमा शिष्टाचार भेटवार्ता गरेका हुन्।यसका साथै भारतीय राजदूत क्वात्राले आजबाट नेपालका लागि भारतीय राजदूतको कार्यभार सम्हाल्नु भएको हो ।

उहाँ नेपालका लागि २५औं राजदूत हुन्। डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका थिए।

भारतीय विदेश मन्त्रालयले गत जनवरी ३० मा नै क्वात्रालाई नेपालका लागि राजदूत नियुक्तिको निर्णय सार्वजनिक गरेको थियोे । तीन दशकदेखि भारतीय विदेश सेवामा कार्यरत क्वात्राले संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्सजस्ता शक्ति राष्ट्रमा सफलतापूर्वक काम गरेका छन् । उनी भारतमा एक अनुभवी र चतुर कुटनीतिज्ञका रुपमा चिनिन्छन् ।

क्वात्राको अनुभवले उनको कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास गरिएको छ । नेपालसँग थाँती रहेका मुद्दाहरु समेत उनको कार्यकालमा अघि बढ्ने र टुंगोमा पुग्ने आंकलन गरिएको छ । क्वात्राले २००६ देखि २०१० सम्म नेपालको सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त ब्यूरोको प्रमुखको रूपमा प्रतिनिधित्व गरेका थिए। यसअर्थमा उनी नेपालसँग पहिलेदेखि नै परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077