Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बलात्कार आरोपमा पक्राउ परेका पूर्वडिएसपीलाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका पूर्वडीएसपी राजकुमार खिउजूलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ।

उनलाई प्रहरीले बिहीबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराएकोमा अदालतले ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने अनुमति दिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार भक्तपुरबाट नियन्त्रणमा लिएको थियो ।

एक जना २१ बर्षीय युवतीलाई बलात्कार गरेको अभियोग लागेपछि जागिरबाट राजीनामा दिएर फरार भएका पूर्वडिएसप खिउजुविरुद्ध जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेपछि उनी पक्राउ परेका हुन्।

युवतीले महानगरीय प्रहरी परिसर ललितपुरमा पुगेर किटानी जाहेरी दिएकी थिएन् । लगत्तै पक्राउ पुर्जीका लागि अनुमति माग्दै प्रहरी अदालत पुगेको थियो ।

पीडितको जाहेरीपछि पूर्वडिएसपी खिउजुलाई पक्राउ गरेर अनुसन्धान गर्न आवश्यक रहेको भन्दै ललितपुर प्रहरीले पक्राउ पुर्जी जारी गर्न अदालतसँग अनुमति मागेपछि अदालतले अनुमति दिएको हो । उनले महानगरीय प्रहरी बृत्त चापागाउँको डीएसपी हुँदा ती युवतीलाई जागिरको प्रलोभन दिएर बलात्कार गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077