Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फरार अभियुक्त पक्राउ

    फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    लहान। प्रहरीले हातहतियार खरखजाना तथा चोरी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका २ अभियुक्तलाई आज पक्राउ गरेको छ ।

    हातहतियार खरखजाना मुद्दामा अदालतबाट ३ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना सजाय पाएर फरार सिरहाको मिर्चैया नगरपालिका– १२ सिक्रौन निवासी ४७ वर्षीय धनिकलाल कामतीलाई प्रहरीले पक्राउ गरेको हो ।



    इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले घरबाटै कामतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



    यस्तै, चोरी मुद्दामा १८ हजार ५ सय रुपैयाँ जरिवानाको सजाय पाएर फरार सिरहाको भगवानपुर गाउँपालिका– निवासी २२ वर्षीय सरोजकुमार पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको । रासस

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार