Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टिपरले मोटरसाइकललाई ठक्कर दिंदा श्रेष्ठको मृत्यु

    टिपरले मोटरसाइकललाई ठक्कर दिंदा श्रेष्ठको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 1.6K
    SHARES

    फाइल फोटो

    पाल्पा। तानसेन नगरपालिका-७ लामीडाँडास्थित सिद्धार्थ राजमार्गमा लु.२ ख ३१७८ नम्बरको टिपरले लु.७ प ४३४ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिंदा मोटरसाइकलमा सवार ५५ वर्षीया मधु श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी मधुलाई उपचारको लागि लुम्विनी मेडिकल कलेज प्रभाष पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक तानसेन नगरपालिका-७ म्यालधारा बस्ने ६२ वर्षीय हिमाल प्रसाद श्रेष्ठको सोही अस्तपालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार