Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दुबई र मलेशिया पठाईदिन्छु भन्दै ११ लाख ठगी गर्ने पक्राउ

    दुबई र मलेशिया पठाईदिन्छु भन्दै ११ लाख ठगी गर्ने पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले वर्किङ भिसामा दुबई र मलेसिया पठाइदिन्छु भन्दै झण्डै साढे ११ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    आकर्षक तलब हुने भनी वर्किङ भिषामा दुबई तथा मलेशिया पठाइदिन्छु भन्दै ११ लाख ४२ हजार २ सय ठगी गर्ने धनुषा जिल्ला मिथिला विहारी नगरपालिका–५ घर भई हाल गौशाला बस्ने बर्ष २४ को राधे साहलाई महाशाखाकाे टाेलीले पक्राउ गरेको हो ।



    महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार साहले विभिन्न व्यक्तिहरुबाट पटक–पटक गरी उक्त रकम ठगी गरी सम्पर्क विहिन भएर अलपत्र पारेको भनी दर्पनारायण चौधरी समेतले महाशाखामा उजुरी दिएपछि प्रहरीले विहिबार गौशाला पिङ्लास्थानबाट पक्राउ गरेको हो ।



    पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखा प्रमुख एसएसपी थापाले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार